+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा र लम्जुङको सिमानामा एकादसी जात्रा मनाईदै

4KNationalDaily
२०७२ मंसिर ८, मंगलवार ०४:५१ बजे

गाेरखा- कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज देशको बिभिन्न ठाउमा मनाईदै छ ।

देशको धेरै ठाँउमा एकादशी जात्रा लागे सगै गोरखा र लम्जुङको सिमानामा पर्ने चपे नदिको किनारामा आज बृहत बोक्सीरा जात्रा लागेको हो ।

जात्रामा जुवा तास खेल्ने रक्सी खाने र लङ्गुर बुर्जा खेल्ने कामलाई प्रहरीले पुर्ण रुपमानियन्त्रणमा लिएकोछ । जात्रामा केहि उस्रिखल मान्छहरुले रक्सी खाएर यो जात्रालाई खलबल पार्दै आएको भन्दै प्रहीले यस्तो कार्यगर्नलाई बन्देज लगाएको हर्मी पैहरी चौकीका हवल्दार नवराज गिरीले जानकारी दिए ।

हिजो बेलुका देखि नै रक्सीका पसल थाप्ने कार्य हुदै आए पनि यस बर्ष प्रहरीको मिलेमतो र स्थानिय बुद्धि जिवीको पहलमा जुवा तास र रक्सीका पसल बिहान देखि नै प्रहरीले राख्न दिएको थिएन ।

प्रहरीे पहिला नै यस्तो रक्सीको पसल राख्न नदिने मौखिक सुचना जारी गरे पनि केही पसलहरुले आफ्ना सामाग्री त्यहा पु¥याए पनि प्रहरीले तपाईको लागु पेय पदार्थहरु आफ्नो घरमा लैजानु होस नत्र हामीले फालि दिन्छौ भने पनि पसल उठाएको स्थानीय एक राम बहादुर ले जानकारी दिए ।

यस बोक्सिीरा जात्रामा गोरखा र लमजुङका गरि आज पााच वटा फुलको डोली ल्याई चेपे नदी तारिएको थियो । यस मेलामा ठेलो हान्ने खेल हुने र बिजयी हुनेलाई फुल माला र अबिरले जात्रा परिक्रमा गरि यस बर्षको बिजयी घोषणा गरिने चलन पनि रहेको छ ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ ।

यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily