+
Search

ताजा अपडेट +

पपुलर +

हिउँ फालेर दिन कटाउँदै लाप्राकी

4KNationalDaily
२०७२ पुष २८, मंगलवार ०५:१६ बजे

गाेरखा- शुक्रबार राती देखि परेको हिमपातले लाप्राकको गुप्सी पाखामा रहेका भूकम्प पिडित हिउँ फालेर रात कटाउने गरेको बताएका छन् । सामुन्द्रिक सतह बाट २७ सय मिटर उचाईमा रहेको गुप्सी पाखाका भूकम्प पिडितहरु हिउँ फालेर रात कटाउन बाध्य भएका हुन ।

‘शुक्रबार मध्ये राती देखि हिउँ परेको हो’ लाप्राकका धनबहादुर गुरुङ्ग भन्छन् ‘बुढाबुढी र केटाकेटी अत्तालिय यूवाहरु चाहीँ मिलेर त्रिपाल पुरेको हिउँ फाल्न थाले । राती सुत्न सकिँदैन । हिउँको चिसो छँदै छ । हिउँ र पानीले भिजेको कम्मल ओडेर सुत्दा कस्तो होला ? यसपाली चाहीँ मार्ला जस्तो छ ।

भूकम्पमा कसो कसो बाँचियो यो हिउँको चिसोले चाहीँ बाँच्ने आश मरिसक्यो । सरकारले बेलैमा चासो दिएर हामीलाई घरको बन्दोबस्तका लागि केहि गरेको भए हामी घर भीत्र आगो तापेरै भएपनि बस्न त सक्थ्यौँ ।’गुप्सीपाखाको पाँचसय ९५ वटा घरका टहरा सबै हिउँले पुरिएको लाप्राकका राम गुरुङ्गले जानकारी दिए ।

‘सबै हिउँले ढाकेको छ’ उनले भने ‘केही त हामीले फाल्यौँ उपाय नलागेर छोड्यौँ । दाउरा बालेर बसौँ भनेपनि सबै भिजेको छ । हिउँ पग्लने छाँटकाँट केही छैन ।’लाप्राककै किसान गुरुङ्गका अनुसार हिउँ पर्न थालेपछि मानिसहरु आत्तिएका थिए ।

‘मानिसहरु भगवानलाई सराप्न थाले’ उनी भन्छन् ‘केही उपाय छैन । त्रिपालको बसाई । हिउँ पर्या छ । मानिसहरु हायलकायल भएका छन् । खाने अन्नपात सबै हिउँले पुरेको छ । अलि अलि भएको खानेकुरा पनि पकाएर खान सक्ने उपाए छैन । यै चालाले यो हिउँले लाप्राकीलाई लैजान्छ ।’लाप्राक एउटै गाउँ एउटा गाविस भएको गाउँ हो ।

बैशाख १२ को भूकम्प पछि यहाँका मानिसहरु विस्थापित भएर गुप्सीपाखामा अस्थायी टहरोमा बस्दै आएका थिए । लाप्राकमा राहत लिएर गएका सवारी साधनहरु पनि हिउँमा फसेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily