+
Search

ताजा अपडेट +

पपुलर +

भुकम्प पिडितलाई सरकारले उपलब्ध गराउने दुई लाख रुपैया अनुदान सम्झौता कार्य सप्पन्न

4KNationalDaily
२०७३ जेष्ठ ३२, मंगलवार २२:०६ बजे

गाेरखा- गोरखाको मुच्चोक गाविसमा भुकम्प पीडितलाई घर बनाउन सरकारले प्रदान गर्ने दुई लाख रुपैया अनुदान रकमको लागी अनुदान सम्झौता कार्य सप्पन्न भएको छ ।

मुच्चोकमा सम्झौताका लागी नाम सूचिकृत भएका ९ सय ८३ घर धुरी मध्य ८ सय ६८ घरधुरीले सम्झौता गरेका छन भने बाकी रहेका ११५ घर धुरि मध्ये २८ घरको ईन्टरनेसनल फिलोशिप नामक अपांगलाई हेर्ने संस्थाले राष्ट्रिय पुननिर्माण प्राधिकरण संग अनुमती लिएर घर निर्माण गरिदिने सम्झौता पनि भएको छ ।

जुन २८ घर धुरी अपांग हरुको घर पर्दछ । वाकी रहेका ८७ घर धुरिको सम्झौता आवश्यक कागजहरु नपुगेको तथा लाभग्राही उपस्थित हुन नसक्दा सम्झौता कार्य रोकिएको हो । अब मुच्चोकको सर्वेक्षण पछि नाम निस्केर पनि सम्झौता हुन बाकी रहेका घर धुरीहरुमा वडा नम्बर १ मा १३, २ मा १९, ३ मा १२, ४ मा ६, ५ मा १८, ६मा ३, ७ मा १०, ८ मा ३ र ९ मा ३ घरधुरी रहेको गाविस स्रोतले जनाएको छ ।

साथै यस पल्ट पनि घरधुरि सर्वेक्षणमा छुटेका भनिएका भुकम्प पीडितहरु थप १ सय १५ घरले गुनासो पेटिकामा गुनासो हालेको कुरा गाविस सचिव ईश्वरी प्रसाद गौतमले बताउनु भएको छ ।

उनका अनुसार जसमध्ये केहि वास्तविक पीडित पनि पर्दछन ।गाविसले जनाए अनुसार उक्त सम्झौता कार्य गत जेठ २४ गतेदेखी ३१ गतेसम्म भएको हो र जसलाई जापान ईन्टरनेशनल कोअपरेसन एजेन्सीले सहजिकरण गरेको थियो भने स्थानीय स्तरमा संचालित संस्थाहरु मेड नेपाल,एकीकरण नेपाल, गाविसमा रहेका स्वास्थ्य स्वयंसेवकहरु, राजनीति दलहरू तथा नागरिक समाजले सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily