+
Search

ताजा अपडेट +

पपुलर +

नौबिसे दुर्घटना उपचारका क्रममा ७ वर्षिय बालक थापाको मृत्यु, १२ जना घाईते

4KNationalDaily
२०७३ माघ २५, मंगलवार १७:१४ बजे

गाेरखा– नौबिसे दुर्घटना  परि गोरखा जिल्ला घर भएका ७ वर्षिय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाविस वडा नं. १ धार्केमा माइक्रोबस दुर्घटनामा बालक थापा सहित अन्य १२ जना घाइते भएका हुन् ।

अन्य घाइतेको काठमाण्डौ स्थित विभिन्न अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । घाइते मध्ये गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुर स्थित गणेशमान महालक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाण्डौबाट गोरखा जाँदै गरेको बा २ ख ३७१४ नम्बरको माइक्रोबसले ना ५ ख २९२० नम्बरको ट्रकलाई ओभरटेग गर्न खोज्दा आपसमा ठोक्किएको थियाे । तीव्र गतिमा गुडेको माइक्रोबसले ट्रकलाई ओभरटेग गर्न खोज्दा सोही ट्रकसंग ठोक्किएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily