+
Search

ताजा अपडेट +

पपुलर +

निर्माण कम्पनीको ढिलाइ: प्याउदी खोलाको पुल निर्माण अलपत्र, कमजोर बन्दै संरचना

4KNationalDaily
२०७४ कार्तिक ७, मंगलवार २१:०७ बजे

गोरखा– रड ठड्याएको डेढ वर्ष बितिसक्दा गोरखास्थित प्याउदी खोलाको पुल निर्माण कार्यले गति लिन सकेको छैन।

पालुङटार नगरपालिका वडा नं ७ स्थित प्याउदीखोला पौवाटार जरुवाठाँटी सडक अन्तर्गत यो पुलको निर्माण २०७३ पुसमै सक्नेगरी कोसी निर्माण सेवाले ठेक्का लिएको थियो।

रड मात्र राखेर काम नगर्दा त्यसको संरचना समेत कमजोर हुने र आयु कम हुने पालुङटार नगरपालिकाका मेयर इन्जिनियर दीपकबाबु कँडेलले बताए। निर्माण कार्यका लागि आफूले बारम्बार ताकेता गर्दा पनि सो कार्य अघि बढ्न नसकेको उनले स्वीकारे।

दशैंअघि नै काम गर्ने लक्ष्य रहेको भए पनि कार्यालयबाट प्राविधिक नपठाएका कारण ढिलाइ भएको ठेकेदार कम्पनीका इन्जिनियर निरञ्जन खनाल बताउँछन्। सोलिङ गर्दै गर्दा दबेर धसिँदै गएकाले गर्दा तत्काल काम गर्न नसकिएको उनको भनाइ छ। आगामी मंसिरसम्म निर्माण सकिने उनले दाबी गरे।

सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अमृत रिमालले दशैंअघि नै काम सुरु गर्ने आश्वासन दिए पनि हालसम्म सुरु नहुँदा स्थानीय आक्रोशित बनेका छन्। ‘गत वर्षसम्म बजेट विनियोजन भइसकेको भए पनि यस वर्षको बजेट नआएकाले काम चालू गर्न समस्या भएको हो,’ उनले भने।

११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाअन्तर्गत सो पुलनिर्माण कार्य सुरु गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily