+
Search

ताजा अपडेट +

पपुलर +

रेडक्रस साेसाईटी श्रीनाथकाेट उपशाखाकाे चाैथाे साधारण सभा सम्पन्न

4KNationalDaily
२०७४ फाल्गुन १२, शनिबार १४:२३ बजे

गाेरखा- नेपाल रेडक्रस साेसाईटी श्रीनाथकाेट उपशाखा सिरानचाेक गाेरखाकाे चाैथाे साधारण सभा सम्पन्न भएकाे छ । सिरानचाेक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्गकाे प्रमुख अाथित्यतामा सम्पन्न भएकाे हाे ।

स्थानिय करिब १०० जनाकाे उपस्थिति रहेकाे साे कार्याक्रमा रेडक्रस उपशाखा श्रीनाथकाेटले २०७२ सालमा अाएकाे विनाशकारी भुकम्पका बेला गरेकाे सहयाेग उल्लेखनिय भएकाे भन्दै प्रशंसा समेत गरेका थिए ।

उपशाखा सभापति मेघ विलास ढकालकाे सभापतित्वमा भएकाे साे सभामा वडा ७ का वडाअध्यक्ष सुरज ढकाल, जग्गादाता चन्द्र ब भुजेल, लेखा समित सदस्य रामचन्द्र ढकाल, कार्य सदस्य अशाेक ढकालले मन्तव्य राखेका थिए । सचिवद्वारा प्रस्तुत वाषिक प्रतिवेदन र उपकाेषाध्क्षद्वारा प्रस्तुत अार्थिक प्रतिवेदनमाथी छलफल गर्दै सभासदहरुबाट पास गरिएकाे थियाे ।

उपशाखाले स्थानिय चुनावमा गाउँपालिका गुरुङ्ग र वडा  अध्यक्ष  ढकाललाइ सम्मान पत्र द्वारा सम्मान गरेकाे थियाे । कार्याक्रम जुना कुमार स्मृति भवनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily