+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा अधिकाशं मासुपसल दर्ता बिनै सञ्चालनमा

4KNationalDaily
२०७५ भाद्र ९, शनिबार १३:०९ बजे

गोरखा – जिल्ला सदरमुकामका अधिकाशं मासुपसल दर्ता बिनै सञ्चालनमा रहेको पाइएको छ ।

गोरखा नगरपालिकाले बिहीबार गरेको अनुगमनका क्रममा आयुर्वेदिक चोक देखि हरमटारी, अस्पताल मार्ग हुँदै ठूलो आँगन सम्मका ८ वटा मासुपसल बिना इजाजत सञ्चालनमा रहेको भेटिएको हो ।

‘हामीेले हेरेका मध्ये धेरै पसल दर्ता नगरी खोलिएको रहेछ’ गोरखा नगरपालिकाका प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले भने ‘दर्ता भएका पनि कतिपय नगरपालिकामा दर्ता भएका रहेनछन् ।’

१७ वटा मासुपसलमा अनुगमन गरिएकोमा ६ वटा पसल मात्र गोरखा नगरपालिकामा दर्ता भएको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily