+
Search

ताजा अपडेट +

पपुलर +

दिनेश र सिमाको मौलिक तिज कोशेली ‘पाउजु बरिलै….'(भिडियो सहित)

4KNationalDaily
२०७५ भाद्र ११, सोमबार १६:४३ बजे
गाेरखा- लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली ‘पाउजु बरिलै…’ भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ ।

रकेश वलीको संगित संयोजनमा तयार भएको यस गितको भिडियो बिक्रम चौहानले निर्देशन गर्नुभएको छ । प्रकाश खड्काको छयांकन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको यस गितको भिडियोमा मोडल ऋतु तामाङ्ग र दिनेश थापाको नृत्य÷अभिनय निकै जमेको देखिन्छ । गोर्खा चौतारी म्युजिक प्रा। लि। ले बजार ब्यवस्थापन गरेको यस गितमा उमेर पुगेकी दिदी र भाई बिचको ठट्टौली शब्द शमेटिएको छ ।

अहिलेको जमानामा केटा आफै रोजे पनि बाबु–आमासँग सल्लाह नगरि भागेर नजाने गित मार्फत गायिका सिमाले भाईलाई बतायकी हुन । कार्यक्रम सञ्चालनमा उत्तिकै मृदुल भाषि र माहिर दिनेशले थुप्रै गित गायन र अभिनय गरेका छन् ।

बोलि नफेर, पानी मिठो कलकल, ए है लालि जोबन, पापिनिकै तस्विर बोल्याछ जस्ता अन्य गित गाईसकेका दिनेश थापाले नेपाली सिनेमा जगतका प्रखर नायिका मेलिना मानन्धर, झरना थापा लगाएतका धेरै नायिका/मोडल सँग अभिनय गरि ख्याति कमाईसकेका छन् ।

भिडियाे

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily