+
Search

ताजा अपडेट +

पपुलर +

सत्ता पक्षकै सांसदको गुनासो– महिला हिंसाका घटना सुनाउने हाम्रो दैनिकी बनिसकेको छ

4KNationalDaily
२०७५ आश्विन ४, बिहीबार १२:२७ बजे

काठमाडौं- प्रतिनिधिसभाकी सांसद इन्दुकुमारी शर्माले अहिलेको समय महिलाका लागि आफ्नो अस्मिताको रक्षा गर्नु चुनौतीपूर्ण भएको बताएकी छिन्।

सत्ता पक्षकै सांसद शर्माले प्रतिनिधिसभाको शून्य बोल्दै समयमा महिला हिंसाका घटनाबारे बोल्न नपरोस् भन्ने चाहना राखे पनि महिला हिंसाका घटना संसदमा सुनाउनु दैनिकी नै बनेको बताइन्।

‘महिला हिंसाका घटनाबारे अब संसदमा बोल्न नपरोस भन्ने सोचेकी थिएँ,’ सांसद शर्माले भनिन्, ‘तर के गर्नु, यस्ता घटना सुनाउने त हाम्रो दैनिकी नै बनिसकेको छ।’

महोत्तरीमा रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता गत भदौ १२ गते हराएको र १४ गते राम जानकी कुटीस्थित इनारमा मृत फेला परेको घटनाबारे सांसद शर्माले संसदलाई जानकारी गराइन्।

कविताको बलात्कारपछि हत्या भएको प्रहरीले जनाए पनि २३ दिन बित्दासमेत हत्यारा पत्ता लागेको छैन। सांसद शर्माले हत्यारालाई तत्काल पत्ता लगाई पीडितलाई न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily