+
Search

ताजा अपडेट +

पपुलर +

अन्सारीको हत्यारालाई कारवाहीको दायरामा ल्याईन्छ : गृहमन्त्री थापा

4KNationalDaily
२०७५ आश्विन ४, बिहीबार १८:१७ बजे

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समुहले आज हत्या गरेका खुर्शिद अन्सारीको घटनालाई आफूले गम्भिर रुपमा लिएको बताएका छन् ।

गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद संगठनका प्रतिनिधि मण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रतिनिधिहरुसँगको भेटमा उनले भने, ‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याईछाड्छौं ।’

उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रष्ट पारे ।

उनले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयहलाई संयमित हुन समेत आग्रह गरेका छन् ।

संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षहरुदेखि भइरहेका आक्रमणकै श्रृंखलाको रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily