+
Search

ताजा अपडेट +

पपुलर +

१७ सय भुकम्पपिडित रहेकाे सौरपानीमा ७८ घरधुरीलाई मात्र घर सम्पन्नताको प्रमाणपत्र

4KNationalDaily
२०७५ आश्विन १७, बुधबार २३:२३ बजे

गोरखा-  २०७२ सालमा गएकाे विनाशकारी भुकम्पकाे केन्द्रिवन्दु बारपाक-सुलिकाेट गाउँपालिका-४, साैरपानीका भुकम्प पिडितलार्इ घर पुर्ननिर्माण सम्पन्नताकाे प्रमाणपत्र दिईएकाे छ ।

१ हजार ७ सय ३ लाभग्राही रहेको सौरपानीमा बुधबार ७८ घरधुरीलाई सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाले जनाएकाे छ ।९ सय ५३ घर पुननिर्माण भइसकेकाे भएतापनि ७८ घरपरिवारलाई मात्र प्रमाणपत्र दिईएकाे हाे ।

कार्यक्रममा बोल्दै गाेरखाका सांसद चुडामणी खड्काले जनताको आवस्यकता अनुसार आफुले काम गर्ने दावी गरे । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्ट, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुलीको समते उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily