+
Search

ताजा अपडेट +

पपुलर +

खोरलामा धार्चे गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

4KNationalDaily
२०७५ आश्विन १९, शुक्रबार २०:२३ बजे

गोरखा- उत्तरी गाेरखाकाे धार्चे गाउपालिकाको वडा नं ३ खोरला गाउँमा धार्चे गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएकाे छ ।

खोरला युवा क्लब फाउन्डेसन, खोरला युवा सर्कल, खोरला गोठ समिति र सातकन्या ब्यङरङ संरक्षण बन उपभोक्ता समितीकाे सहयाेगमा सामुहिक जनसेवा केन्द्र खोरलाले उक्त कार्यक्रम आयोजना गरेकाे हाे ।

उक्त भलिबल प्रतियोगितामा  प्रथम पुरस्कार नगद चालिस हजार, दोस्रो पुरस्कार तपिहजार र तेस्रो पुरस्कार बिस हजार रहेकाे अायाेजकले जनाएकाे छ ।

भलिबल प्रतियोगितामा भाग लिने छ जना खेलाडी संगै लिबेरो र टिम लिडरको खान र बस्न समेत ब्यबस्था गरिएको सोही कार्यक्रमका ब्यबस्थापन समितिका अध्यक्ष तथा सामुहिक केन्द्रका अध्यक्ष द्वय डिल ब. गुरुङले जानकारी दिए ।

बिजयदशमीको भोली पल्ट अर्थात कार्तिक तीन गते बिहान ठिक साढे सात बजे समुद्घाटन भइ चार गते बेलुका समापन हुने उक्त भलिबल प्रतियोगिताको दर्ता शुल्क चार हजार रहेकाे छ ।

दर्ता समय कार्तिक दुई गते बेलुकाको आठ बजे सम्म खुल्ला गरिएको सुचना संगै बिबिध सास्कृतिक कार्यक्रम कार्तिक दुई गते बेलुका देखि नै सन्चालन हुने कार्यक्रमका मुल आयोजक समितिको संयोजक जस कुमार गुरुङले जानकारी दिए ।

खोरला गाउँ चिनारी गित पनि बज्ने

गाउँको निमित्त आपतकालीन तथा आकस्मिक सेवामा समर्पित खोरला युवा क्लब फाउन्डेसनको सहयोगार्थमा खोरलाकी सार्जक तथा लोक गायक अतिमान घलेको स्वागत तथा खोरला गाउँ चिनारी गित पनि कार्यक्रममा बज्ने भएको छ।

सृजनात्मक कला प्रस्तुतिमा बजार खस्केका कारण वैदेशिक रोजगारमै होमिनु परेको बताउने घलेले यसपाली गाउँमा धार्चे गाउँपालिका भित्रको गाउँ स्तरीय ऐतिहासिक कार्यक्रमको आयोजना भएकै कारण आफुलाई आफ्नै गाउँ चिनारी गित सृजना गर्न थप जोश मिलेको बताएका छन।

‘यस गीत लेखनमा मैले माननीय डिल ब. गुरुङ ज्युको शब्द निर्देशन पाएको छु र उहाँकै निर्देशनानुसार हाम्रो इतिहासमा ओझेल परेका इतिहासकै अवशेषका रुपमा रहेका खोरलाकोट अनि गाउकै केही पबित्र स्थलहरुको नामलाई समेत समेटेको छु। जसले सुनमा सुगन्ध थपेको आभास देको छ मलाई, आशा छ बिगतका दिनहरुमा झै गित संगित प्रेमिहरुले पक्कै पनि मन पराई दिनु हुनेछ यो खोरला गाउँ चिनारी गीत पनि।’ उनले भने ।

डिले भन्ने बितिक्कै उत्साहित हुन्छन् उत्तरी गोरखाका स्थानीयहरु

डिल ब. गुरुङ अर्थात “खोलै डिले” भन्ने बित्तिकै झट्ट एक दशक अघिको तातोपानी मेला र माछाखोलाको ल्होसार सम्झन्छन् धार्चेका स्थानीय बासीहरु।

यसो त हरेक बर्षको माघ पन्ध्र देखि अठार गते सम्म खोरलाबेशीमा हुने ऐतिहासिक तातोपानी मेला अझ पनि प्रभावकारी रुपमा सभ्य र भब्य तवरले सन्चालन भईरहेकै छन, र पनि एउटा इतिहासको मीठो पल बनेको छ त्यसताका उहाले चलाउनु भएका सफल कार्यक्रमहरु। अर्थात डिले एउटा समाजको अगुवा नाम मात्रै हैनन्, एउटा सफल तथा लोकप्रिय कार्यक्रम सन्चालक समेत हुन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily