+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरी गाेरखाका लागी तोकियो हेलिकोप्टरको भाडादर, कहाँका लागि कति [सूचीसहित]

4KNationalDaily
२०७५ कार्तिक २३, शुक्रबार ०१:१८ बजे

काठमाडौैं– हेलिकप्टर कम्पनीले मनलागी भाडा उठाएको आरोप लागिरहेका बेला सरकारले नयाँ भाडादर निर्धारण गरेको छ। निश्चित मापदण्ड नभएकै कारण हेलिकप्टर कम्पनीहरुले मनलागी भाडा उठाएको विषय उठेपछि सरकारले भाडादर निर्धारण गरेको हो।

पर्यटक खोज तथा उद्धारका लागि कम्पनीले मनलागी भाडा उठाएको भन्दै सरकारले केही महिनाअघि केही कम्पनी, ट्राभल एजेन्सी र अस्पताललाई कारबाही गर्न पत्र पठाएको थियो। सरकारले उत्तरी गाेरखाका १५ स्थानका भाडादर ताेकेकाे छ ।

सरकारले केही समय पहिले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा हेलिकप्टरको भाडादर निर्धारण गरिएको नेपाल पर्यटन विभागले जानकरी दिएको छ। पर्यटन विभागले हेलिकाेप्टर व्यवसायीसँगकाे छलफल र नेपाल नागरिक उड्यन प्राधिकरणसँग समन्वय गरी भाडा ताेकेकाे हाे।

उत्तरी गोरखाको आरूघाट, तातोपानी, फिलिम, प्रोक, नामरूङ, ल्हो, स्याल्ला, समागाउँ, साम्दो, धर्मशाला, लार्के पास, छेकम्पार, रन्चेङथोप्पा र मनासलु बेस क्यापका लागी नयाँ भडादार तोकेको हो । यो क्षेत्रमा मनासलु सर्टिक अन्तर्गत पर्छ ।

कहाँका लागि कति, सूची हेर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily