+
Search

ताजा अपडेट +

पपुलर +

उर्जामन्त्री पुनले भने-`सरकार पांच बर्षका लागी हो, हामी छिट्टै परिणाम दिन्छौ’

4KNationalDaily
२०७५ मंसिर ४, मंगलवार १७:४४ बजे

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धी भएको बताएका छन् । स्क्यापको २८ औ वार्षिक उत्सव कार्यक्रममा मंगलवार बोल्दै मन्त्री पुनले अवको गन्तव्य नै विकास भएको दाेहाेर्याएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सवैको सहयोगको आवश्यकता रहेको बताए । ‘सम्माननिय प्रधानमन्त्रीज्यूले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होईन’उनले।भने `हामीले यो विचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौ,छिट्टै देखिने गरी अरु काम हुन्छ ।’

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरीका नै बदल्ने गरी काम गरिरहेको दावी गरे । विगतमा सरकार अस्थिर हुंदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धीका लागी जाने बताए । उनले वर्तमान सरकार पांच वर्षका लागी चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा समेत उहाले राखे ।

‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न,तर हामी सवैले विगतजस्तो अस्थिर सरकार हो काम नगरे पनि हुन्छ भन्ने नसोचौ’, उनले भने `यो सरकार स्थायी सरकार हो । हामीले मुलुकका लागी आ–आफ्नो ठाउंबाट योगदान दिनैपर्छ ।’ उनले धेरैले अरुलाई आरोपित मात्र गर्ने तर,आफुलाई प्राप्त जिम्मेवारी पुरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको बताए ।

मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग वसाल्न नसकेको प्रशंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दावी गरे ।कार्यक्रममा उनले उर्जामन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले देश विकासको चालक शक्ति उर्जा र सिंचाई भएको भन्दै त्यसमा आफुले परिणाम दिने गरी काम गरिरहेको दावी गरे । मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने विजुली भारत र वङगलादेशलाई बेच्ने जानकारी समेत दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily