+
Search

ताजा अपडेट +

पपुलर +

श्रृंखला खतिवडाले जितिन मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

4KNationalDaily
२०७५ मंसिर १७, सोमबार २०:०२ बजे

काठमाडौं– मिस नेपाल २०१८ श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनल पुगेकी छन्। मल्टिमिडिया अवार्ड जित्दै उनले फाइनलका लागि अाफ्नो स्थान सुरक्षित गरेकी हुन्।

विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी पारेकी हुन्।

बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ ।

मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् ।

यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily