काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा अनियमितता भएको दाबीसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्वमन्त्री एवं राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेलगायत ३ जना पूर्वआयोजना प्रमुख, हालका आयोजना प्रमुख र ९ जना उपसचिवस्तरका इन्जिनियरमाथि मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार पाण्डेविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगो माग दाबी छ। पाण्डे गत निर्वाचनमा कांग्रेसको समर्थनमा चितवन ३मा उम्मेदवार बनेका थिए ।
तर, तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धनका बलिया उम्मेदवार पुष्पकमल दाहाल प्रतिस्पर्धी बनेपछि पाण्डे पराजित भए । उनी पूर्व वनमन्त्रीसमेत हुन् ।
प्रतिक्रिया