+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जन हुने, पार्टी एकतामा भइरहेको ढिलाई र सरकारका कामकार्वाहीप्रति आक्रोश

4KNationalDaily
२०७५ पुष ७, शनिबार १९:२३ बजे

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो ।

पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे समेत नेताहरुले आफ्नो धारणा राखेका छन् । मार्क्सवाद, लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मानिए पनि माओवाद र जनताको जनवादबारे समेत बैठकमा बहस सुरु भएको छ । अध्यक्षद्वयको प्रतिवेदनमा के–के विषय परिमार्जन हुन्छन् ? यसबारे भने नेताहरुले केही बोलेका छैनन् ।

‘प्रतिवेदन स्थायी दस्तावेज होइन, त्यसलाई आवश्यकताका आधारमा परिमार्जन सकिन्छ र गर्नु पनि पर्छ’ स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले शनिबारको बैठकपछि भने, ‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथिको छलफल करिब करिब सकिएको छ । अब प्रदीप ज्ञवालीजीले मात्र त्यसप्रति धारणा राख्न बाँकी छ । उहाँले आइतबार धारणा र राख्नु हुनेछ । सबैको धारणा सुनेपछि प्राप्त सुझावका आधारमा अध्यक्षद्वयले आफ्नो प्रतिवेदन परिमार्जन गर्नुहुनेछ । प्रतिवेदन परिमार्जन हुन्छ । तर, पुर्नलेखन चाँही हुँदैन ।’

शनिबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेता रामबहादुर थापा बादल र गिरिराजमणि पोखरेलले धारणा राखेका थिए । नेताहरुले बैठकमा पार्टी र सरकारबारे समीक्षात्मक विषय राखेका थिए ।

प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठकको निकर्षसहितको प्रतिवेदन आइतबार तयार हुने जानकारी दिए । ‘भोलिको बैठकमा प्रदीप ज्ञवालीले धारणा राख्नुहुन्छ, त्यसपछि नेता नेपालले केहीबेर बोल्ने कार्यसूचि छ’ श्रेष्ठले भने, ‘त्यसपछि स्थायी कमिटी सदस्यहरुले अहिले उठाएका प्रश्न र जिज्ञसााप्रति अध्यक्षद्वयले जवाफ दिनुहुनेछ ।’

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताको महत्व, वर्तमान राजनीतिक परिस्थिति, पार्टी र सरकारका कामको समीक्षा लगायतका विषय समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी एकतामा भइरहेको ढिलाई र सरकारका कामकार्वाहीप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily