+
Search

ताजा अपडेट +

पपुलर +

संसद्‍मा बाबुरामको प्रश्न- ‘बुढीगण्डकीलाई आफैँले अघि बढाउन कसले छेकेको छ ?

4KNationalDaily
२०७५ पुष ११, बुधबार १७:५६ बजे

काठमाडाैं- नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाल हाम्रै जीवनकालमा सुनको लंका होस् भन्ने सोच राख्ने गरेको बताएका छन् । बुधबार विधेयक अधिवेशनको पहिलो दिन प्रतिनिधिसभालाई सम्बोधन गर्दै डा. भट्टराई नेपाल हाम्रै जीवनकालमा सुनको लंका होस् भन्ने सोच राख्ने गरेको बताएका हुन् ।

उनले भने,‘निरन्तर गाउँबस्ती घुम्ने गर्छु । जनताको आशाको मात्रा कति बढ्यो भनेर हेर्ने गर्छु । यो बीचमा कुनै गुणात्मक परिवर्तन आएको छैन । अनावश्यक र भ्रमपूर्ण ढंगले आफैँ भ्रमित हुने काम नगरौँ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले जनताका दुःख दर्द हामीले भुल्न थालेका त हैनौँ ? भनेर प्रश्नसमेत गरे । उनले प्रचण्डलाई पूर्वराजा त्रिभुवनसँग तुलना गर्दै भने, ‘चिल्ला गाडीमा कुदेर धुलो धुँवा देखिन भन्ने ? त्रिभुवनले भन्थे रे, सरकार खान पाइनँ भन्दा दुध र भातपनि खान पाएनौ भन्थे रे । त्यसैगरी सबैतिर हाँसिखुसी देख्ने हाम्रो भ्रम हो कि यथार्थ ? त्यतापनि सोचौँ । जनताको जीवनस्तरमा फरक परेको छैन ।’

सत्तारुढ नेकपाप्रति आक्रोशित हुँदै उनले भने, ‘संविधान संशोधन गर्न कसले रोक्यो ? प्रतिपक्षले रोक्यो ? इच्छाशक्ति नै मरेको हो भने यस्तो दोहोरो कुरा गर्न पाइँदैन । गर्छु पनि भन्ने अनि नगर्ने ? यो कस्तो खालको नैतिकता हो ?’

सरकार शान्तिसुरक्षामा चुक्नु शुभ संकेत होइन

सुशासन र शान्ति सुरक्षाको विषय कम्युनिस्ट र लोकतान्त्रिक शासन व्यवस्थाको कुरा नभएको र विधि र प्रकृयाको विषय मात्रै भएको उनले बताए । वाइडबडी खरिद प्रकृयामा स्पष्ट रुपमा अनियमितता भएको उनले आरोप पनि लगाएका छन् ।

‘नक्कली कम्पनी खडा गरेर जहाज किन्नुले दालमा केहि कालो भएकै देखिएको छ,’ भट्टराईले भने,‘बुढीगण्डकीलाई आफैँले अघि बढाउन कसले छेकेको छ ? विना प्रतिस्पर्धा विवादित कम्पनीलाई बारम्बार बुढिगण्डकी दिन किन खोजिन्छ ? अनि सरकारको छवी बन्छ ?’ प्रतिनिधिसभा बैठकमा उनले भने,‘निर्मला घटनामा प्रहरीले प्रमाण मेटाउन मिल्छ ?

प्रहरीका बर्दीधारी मान्छेले नुवाइधुवाइ गर्न कुन नीति अन्तर्गत मिल्छ ? सामान्य मान्छेलाई यातना दिएका कुरा आएका छन् । सरकार शान्तिसुरक्षामा चुक्नु शुभ संकेत होइन । यो सरकार र यसका नेताप्रति न उत्तर, न पश्चिम, मैले कतैपनि विश्वास देखिन ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily