+
Search

ताजा अपडेट +

पपुलर +

‘हेल्लो सरकार’मा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय गाेरखाले गर्याे मनकामनामा अनुगमन

4KNationalDaily
२०७५ पुष १८, बुधबार २१:१८ बजे

गाेरखा- जिल्लाकाे सहिद लखन गाउँपालिकाकाे मनकामना बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय गोरखाको अगुवाईमा अनुगमन गरिएको छ । मनकामना बजारमा ग्राहक ठगिएको भनेर हेल्लो सरकारमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत डिल्लीप्रसाद श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो ।

मनकामना बजारका एक सय २३ पसल अनुगमन गरिएको हो । सो क्षेत्रका ५२ होटल, १३ फोटो स्टुटियो, ४५ माला पसल र अन्य ठेकी,मादल तथा हस्तकलाका पसल अनुगमन गरिएको अनुमगनमा सहभागी जिल्ला प्रशासन कार्यालयका खरीदार रवीलाल सुवेदीले जानकारी दिए ।

अनुगमनका क्रममा धेरैजसो पसल विना दर्ता सञ्चालनमा रहेको पाईएको उनले बताए ।

‘पसलहरु घरेलु कार्यालयमा दर्ता भएका छैनन्’ उनले भने‘ ९० प्रतिशत माला पसल दर्ता प्रक्रियामा नरहेको पाईयो । होटलको भान्सामा सरसफाई ध्यान नदिएको पाईयो । हामीले पसल दर्ता गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिएका छौं ।’

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका केहि खाद्य सामाग्री बरामद गरि नष्ट गरिएको छ । सोही टोलीले मनकामना बजार क्षेत्रको सि सि क्यामरा एक महिनाभित्र दर्ता गर्न पनि सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

अनुगमनमा घरेलु तथा साना उद्योग विकास समितिका ऋषि अधिकारी, शहिद लखन गाउँ पालिका प्रशासकिय अधिकृत जिवन आले मगर, उद्योग वाणिज्य संघ मनकामना इकाईका अध्यक्ष राजन बाबु जोशी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily