+
Search

ताजा अपडेट +

पपुलर +

नेबि संघ गाेरखाले पायाे पुर्णता, सचिबमा मिलन सिंह बस्नेत

4KNationalDaily
२०७५ पुष २१, शनिबार १९:५६ बजे

गाेरखा- ठुलाे विवादका विच नेपाल बिद्यार्थी संघ गाेरखाले पुर्णता पाएकाे छ । विहिबार भएको अधिबेसनमा अध्यक्ष पदमा सुवास अधिकारी निर्विरोध चयन  भएपछि शुक्रबार बसेकाे पहिलाे बैठकले पदाधिकारी चयन गरेकाे हाे ।

समितिको उपाध्यक्षमा शिवहरि तिमिल्सिना, सचिबमा मिलन सिंह बस्नेत, सह सचिवमा बिक्रम अधिकारी र कोषाध्यक्षमा राजेन्द्र थापा रहेका छन् । अधिबेसनले २६ जनालाई जिल्ला सदस्य चयन गरेको छ । जिल्लाको सबै स्थानिय तहका साथै विधान अनुसार समाबेशी प्रतिनिधीत्व हुनेगरी समिति गठन गरिएको नेविसंघकाले जनाउकाे छ ।

बिहिबार राति अबेरसम्म सहमतिको प्रयास भैरहेको भएतापनि पाटीमा प्रभाव जमाउन आफु निकटका उम्मेदवारलाई कार्यसमितिमा ल्याउन जिल्ला स्तरका नेताहरु ज्यान दिएर लागेका थिए ।लामो समयपछिको अधिबेशन भएर पनि र अब फेरी हुने अधिबेशनको कुनै टुंगो नभएकाले पनि आकक्षीहरु धेरै रहेका थिए । जिल्ला अदिबेशनमा २३० प्रतिनिधि सहभागी भएका थिए ।

अधिबेशनमा सचिब पदको लागि ५ जनाको उम्मेदवारी आवेदन परेको थियाे । त्यस्तै कोशाध्यक्ष पदमा ६ जनाको र सदस्य पदमा ४१ जनाको आबेदन परेको थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily