+
Search

ताजा अपडेट +

पपुलर +

दीपक मनाङ्गेको सपथ आइतबार, कांग्रेस लगायतका अन्य दलको विरोध

4KNationalDaily
२०७५ पुष २१, शनिबार २०:५४ बजे

काठमाडाैँ- मनाङ जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका स्वतन्त्र सांसद् दीपक मनाङ्गले आइतबार सपथ लिने भएका छन्। प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आइतबार बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ। 

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्‍गेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ। हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साता अघि प्रदेशसभामा निवेदन दिएका थिए। 

मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आइ नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।  मनाङ्गेको सपथ तय गर्न आइतबार गण्डकी प्रदेशको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । प्रदेश सांसदमा निर्वािचत भए पनि उनले सपथ लिन पाएका छैनन ।

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चाैधरी सांसद पदको सपथ खाएर पुनः जेल गएपछि मनाङ्गेलाई पनि सपथको बाटो खुलेको छ । मनाङ्गे आइतबार सपथका लागि पोखरा जाने भएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily