काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको दाबी गरेका छन् । आइतबार संसद बैठकबाट बाहिरिने क्रममा उनले देशमा अरबौंको भ्रष्टाचार हुँदा पनि सरकार मुक दर्शक भएको आरोप लगाएका हुन्।
उनले वाइडबडि विमान खरिद, एनसेल, बूढिगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार हुँदा पनि सरकारले नियन्त्रणका लागि काम गर्न नसकेको बताए । भट्टराईले भने, ‘सरकारको सुशासन दिने प्रतिबद्धता नारामा सीमित भएको छ । अर्बौ भ्रष्टाचार हुँदा पनि सरकार नियन्त्रण गर्न असफल भएको छ ।’
प्रतिक्रिया