गाेरखा- गत पौष २९ गते गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर १मा रहेको बिन्द्रावती उच्च माध्यमिक बिद्यालय, मसेलका प्रध्यानाध्यपक उत्तर नारयण श्रेष्ठ कुटिए ।
सोही विद्यालयका पूर्व विद्यालय व्यवस्थान समिति अध्यक्ष तथा वर्तमान समितिका सदस्य शिवकुमार श्रेष्ठले मेरो जग्गामा परेको विद्यालय भवन किन नभत्काएको भनेर विद्यार्थीको अगाडि प्रअलाई कुटे।

बि.स २०६७ सालमा विद्यालय व्यवस्थापन समितिका सदस्य कलाधर भट्ट र हिरामान श्रेष्ठ प्रधानाध्यापक तथा जग्गादाता बद्रिनारायण श्रेष्ठ विद्यालय व्यवस्थापन समितिका सदस्य रहेको बेला आफ्नो बुहारीलाई (शिव श्रेष्ठको श्रीमती) सोही विद्यालयमा अध्यापनको अवसर दिने गरी जग्गा विद्यालयलाई दिने द्विपक्षीय सहमति गरिएको थियो।
सम्बन्धित समाचार- विन्द्रवती बिद्यालय मसेलका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठलाई कांग्रेस नेताले कुटे, पिडित प्रअ भन्छन् ‘मलाई सिकाउने भन्दै कुटीहाले’’
२०७३ सालमा विद्यालयको नाममा जग्गा पास भयो । त्यति बेला स्वयम् शिव कुमार श्रेष्ठ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए । उनैले म्याइनुट गरेर जग्गा विद्यालयलाई हस्तान्तरण गरेका थिए । बुबाले दान दिएको जग्गा अंशबण्डा गर्दा शिवको नाममा प¥यो ।
भुकम्प पछि जापानीज संस्था जाइकाको साढे ५ करोड लगानीमा उक्त जग्गामा मल्टिमिडिया हल सहित १२ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको छ । तर शिवले भने भवन निर्माणको क्रममा आफ्नो जग्गा चेपिएको दाबी गरेका छन् ।
उक्त घटनाको सर्वत्र बिरोध भयो । प्रधानाध्यापकलाई हातपात गरेको प्रति नेपाल शिक्षक महासंघले गत सोमबार बिज्ञप्ति जारी गर्दै दोषी माथी कडा कारवाहीको माग गरेको छ । घटनाको विरोधमा सोमबार भीमसेन थापा गाउँपालिका अन्तरगत सबै सामुदायिक विद्यालयमा पठनपाठन अबरूद्ध समेत भएको थियो ।
आउदो माघ ७ मा विद्यालयले बार्षिक कार्यक्रममको तयारी गर्दै थियो । चार नं.प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत कार्यक्रमको प्रमुख अथिति बनाउने वि.ब्य.सले निर्णय गरेको थियो । कार्यक्रम बिथोल्नको लागी केही राजनीतिक शक्तिहरूले वातावरण धमिल्याउने योजना स्वरूप उक्त घटना घटाएको हुन सक्ने अनुमान गरिएको छ ।

राजनीतिक आवरणमा हुने अपराधलाई पार्टीको समर्थन हुने र संरक्षण गर्ने प्रबृती पुरानै हो । कतिपयले यस घटनालाई राजनीतिक आवरणमा नभएको भनी ब्याख्या गरे पनि विद्यालयको हाता भित्र प्रवेश गरी भएको हातपातप्रति गाउँपालिकाको जनप्रतिनिधिहरू किन मौन छन् ?
जनताका आधारभुत सुरक्षाको जिम्मा लिएर बसेका निकायहरूले यस बिषयमा खासै चासो देखाएको पाईदैन । विद्यालयको वातावरण धमिलिएकोले उक्त दिन गरिने भनिएको कार्यक्रम स्थगित गरिएको छ । पठनपाठनमा पनि केही अवरोध आएको छ ।
यी त ताजा घटना भए । यस्ता थेप्रै घटनाहरू बिन्द्रावतीले थेगीसकेको छ । कुरो ५२ साल तिरको हो तत्कालिन प्रअ मिनप्रसाद भट्टराईलाई सोही स्कूलमा अध्ययनरत एक छात्रले हातपात गरेको कारण विद्यालय निकाला गरिएको थियो ।

राजनीतिक हिसाबले तालाबन्दी, पठनपाठन अबरुद्ध, शिक्षक शिक्षिका फेर बदल हुनु बिन्द्रावतीमा नौलो होइन । यो विगतदेखिकै घटनाक्रम हो । २०५२ सालदेखि माध्यमिक विद्यालय सञ्चालनमा आएको बिन्द्रावतीले आजसम्म आउँदा कुनै नयाँ इतिहास रच्न सकेको छैन ।
२३ बर्षको अन्तरालमा आधा दर्जन भन्दा बढी नेतृत्व पाएको बिन्द्रावती दर्जनौं शिक्षक शिक्षिकाले पठनपाठनको तालिम लिएको इतिहास छ । त्यति मात्र हैन, भाषागत अष्पष्टता र बिषयबस्तुको न्यून ज्ञान भएका दर्जनौं शिक्षक शिक्षिकाले भाषा र बिषयबस्तुमा खारिने अबसर विन्द्रावतीले दिएको छ ।
यस विद्यालयमा पहिले देखि नै राजनीतिक खटपट हुँदै आएको हो।मसेलमा नेपाली काग्रेसको बाहुल्यता र जनयुद्ध पछिको माओवादी बिचको युद्ध नै बिन्द्रावतीको लागि घातक बन्यो।
बिद्यालयमा हुने सबै खाले कार्यक्रमहरुमा राजनीतिक हस्तक्षेप बढ्यो। त्यति मात्र हैन,शिक्षक अभिभावक संघ, व्यवस्थापन समिती गठन प्रक्रियामा समेत खुलेरै राजनीतिक लबिङ हुने गर्यो।
एदाकदा बाहेक राजनीतिक अन्धभक्त भएपछि जस्तो सुकै असक्षम, अनपढ, सामाजिक उत्तरदायित्व बहन गर्न नसक्ने ब्याक्ति पनि विद्यालय व्यवस्थापन समितिको प्रमुख बनेर फाईदा लुटे । बिद्यालय राजनिती मुक्त हुनु पर्छ । विद्याको मन्दिरमा बसेर राजनिती गर्नु हुदैन,भन्ने राजनीतिक दलका जिल्ला स्तरका नेताहरु आफै आएर विद्यालयमा राजनीतिक भातृ सगठ्नको खुलेआम बिस्तार गर्न थाले ।
अध्यापन गराउन आउने शिक्षक शिक्षिका राजनीतिक कोटाबाट आउने भएपछि विपक्षी दलका विद्यार्थीले बिद्यालय तालबन्द गर्ने, शिक्षक शिक्षिकालाई पढाउन नदिने,उसो त राजनीतिक कोटाबाट परेका शिक्षक शिक्षिकाले पनि विद्यालय पढाउनुको अलवा राजनीतिक गतिविधि बढाउने,कहिले चुनाब प्रचार प्रसार त कहिले राजनीतिक “मोटिभेसन” राजनीतिक गोप्य बैठकमा जाने जस्ता क्रियाकलापले बिन्द्रावती झनै जीर्ण बन्दै गयो।
राजनीतिक खिचातानीले बिन्द्रावतीको भौतिक संरचना माथी उठ्न सकेन । बि.ब्य.स काँग्रेसको भए माओबादीले सहयोग नगर्ने, माओबादीको भए काँग्रेसले सहयोग नगर्ने निति बन्यो । सम्झना छ, एक कार्यक्रममा पूर्ब विद्यार्थी एवं नेपाल आयल निगमका पुर्ब महानिर्देशक चण्डिका भट्टले विद्यालयको जीर्ण अबस्था देखेर बोल्नु भयो, म विद्यालयलाई तारबार (कम्पाउण्ड) गर्छु । तर त्यो वचनवद्धता आजको दिनसम्म पुरा भएको छैन ।
कुरो ०६७ तिरको हो, विद्यालयले स्वर्ण महोत्सव मनाउने तयारी गर्दै थियो । विद्यालय स्थापनाको ५०औं बर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी छलफलमा राजनितीक दलका नेताहरुले आ आफ्नो पार्टीको नेतालाइ ल्याउने र कार्यक्रमको प्रमुख अतिथि बनाउने बिषयमा निकै चर्को विवाद भयो । अन्ततः माओवादीका वरिष्ठ नेता नारायणकाजी कार्यक्रमको प्रमुख अतिथि बने । सहयोग गर्ने प्रतिबद्धता जाहेर भयो, तर काम भएन ।
राजनीतिक चपेटामा रहेपनि बिन्द्रावतीले निकै ठुला र शक्तिशाली ब्याक्तित्वहरूको उत्पादन ग¥यो । कोही डक्टर बने, कोही इन्जिनियर, देशको उच्च अहोदा सम्मका ब्याक्तित्व छन् । खाडी मुलुक लगाएत बिश्वका शक्तिशाली राष्ट्र अमेरिका, अष्ट्रेलिया, युरोपका हरेक मुलुकमा ब्याबसायी गरेर बसेका छन् । तर, बिडम्बना बिन्द्रावती यस्तो अबस्था हुदा सम्म फर्केर हेर्ने कोहि भएन।०७२ सालमा गएको शक्तिशाली भुकम्पले ढलेको बिन्द्रावती अहिलेसम्म उठ्न सकेको छैन।
प्रतिक्रिया