+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ योजना लिएर डा. बाबुराम भट्टराई सौरपानी जाँदै

4KNationalDaily
२०७५ माघ ५, शनिबार १५:३६ बजे

गाेरखा- नयाँ शक्ति पार्टीका केन्द्रीय संयोजक तथा गाेरखा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराई गृह जिल्ला गोरखाकाे दुर्गम गाउँ बारपाक-सुलिकोटको सौरपानी पुग्ने भएका छन्। निरन्तर सौरपानी आईरहेका डा. भट्टराईले यसपाली भने अरु समय भन्दा बिल्कुलै छुट्टै नयाँ योजना लिएर भाेली (शुक्रबार) सौरपानीका जनताहरुलाई भेट्न जान लागेका हुन्।

नयाँ शक्ति पार्टीको श्रम, अर्थ, वित्त र उत्पादन तथा स्वरोजगार विभागद्वारा निर्देशित कार्यक्रम अनुसार भट्टराईले यसपाली सौरपानीका सेरोफेरोका युवाहरुलाई नयाँ किसिमको उर्जा दिने कार्यक्रम रहेकाे छ । पार्टीको कार्यालय, सौरपानीका अनुसार सौरपानीका बिकासप्रेमी युवाहरुले आ-आफ्नो नयाँ सोंच र विकासका योजनाहरुलाई सामुहिक रुपमा डा. भट्टराई समक्ष पेश गर्ने योजना छ।

नयाँ शक्ति गोर्खाले यस अघि नै सम्पूर्ण पूर्ब तयारी भईसकेको जनाएको छ भने नयाँ शक्तिको सौरपानीशाखाले सम्पूर्णको उपस्थितिकोलागि सामाजिक संजाल मार्फत जारी गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily