+
Search

ताजा अपडेट +

पपुलर +

गायिका सिर्जना कार्कीको ‘कान्छा’ सार्वजनिक

4KNationalDaily
२०७५ माघ ७, सोमबार २२:४७ बजे

काठमाडाैं- स्वर र सङ्गीत आफ्नै रहेको गायिका सिर्जना कार्कीको ’कान्छा’ बोलको मारुनी गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरिएको छ ।

प्रत्येक गीतमा फरक स्वाद पस्केर आफुलाई अब्वल गाायिकाको रुपमा प्रमाणित गर्न चाहने गायिकाले वैदेशिक रोजगारमा गएका मायालुको सम्झना विषयबस्तुमा आधारित भएर गीत तथा म्यूजिक भिडियो तयार गरेकी छन् ।

यस अघी ‘धेरै धेरै’, ‘मनको राजा’ ‘माया’ तथा ‘रोजेको मैले’ लगायत सुमधुर गीतबाट श्रोताको अत्याधिक माया पाएकी गायिका कार्कीले यो म्यूजिक भिडियो आफ्नै युटुब च्यानल सिर्जना कार्की मार्फत सार्वजनिक गरेकी हुन ।

कर्णप्रिय स्वरकी धनि गायिका कार्की यो लोक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् । अर्पण कार्की तथा गायिका स्वंमको शब्द रहेको गीतको म्युजिक भिडियोमा अजिता खड्काको साथमा साधना कला केन्द्र समूहको नृत्य तथा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाको अभिनय रहेको छ ।

उक्त गीतमा राम कुमार केसीको छायांकन, सुशील न्यौपानेको सम्पादन अजिता खड्काको कोरियोग्राफी र अर्पण कार्कीको निर्देशन रहेको छ ।

म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएकी गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताउछिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily