काठमाडाैं- नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भट्टराईले कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
संसदमार्फत जनताको माग सम्बोधन गर्न जिम्मेवार बन्न सत्तारुढ नेकपा र कांग्रेसलाई जिम्मेवार बन्न उनले आग्रह गरे। वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’मा सहमति जुटाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल केन्द्र सरकारको मातहतमा राख्न माग गर्दै संसद बैठक अवरुद्ध पारेको थियो।
उनले संसद बैठक सुचारु गराउने दायित्व पूरा गर्न सरकारलाई र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सुझाव दिए।
प्रतिक्रिया