काठमाडौं – शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरेको छ। संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच राष्ट्रिय चिकित्साशास्त्र विधेयक पारित गरेको हो ।
नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको भए पनि सभामुख कृष्णबहादुर महराले संसदको काम कारबाही अघि बढाएर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएका थिए । कांग्रेसको अवरोधकै बीचमा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले विधेयकमाथिको छलफलका लागि प्रस्ताव अघि बढाएका थिए।
अवरोधका समयमा छलफलमा कुनै पनि सांसद सहभागी नभएपछि बहुमतका आधारमा चिकित्सा शिक्षा विधेयक पारित गरिएको हो। अर्को बैठक माघ १७ गते बस्ने गरी स्थगित भएको छ।
प्रतिक्रिया