काठमाडौं- स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान स्वदेश फर्किएका छन् । स्वदेश फर्किने क्रममा प्रधानमन्त्रीलाई विमानस्थलभित्रै नेविसंघ कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले विमानस्थलबाट नेविसंघका एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका कार्यकर्ताहरु सुशील भट्ट, निरञ्जन थापा, सुबाश घिमिरे, सुदिप अधिकारीलगायत करिव एक दर्जन रहेका छन् ।
प्रतिक्रिया