+
Search

ताजा अपडेट +

पपुलर +

नेल्टा गाेरखाकाे साताै साधारण सभा सम्पन्न, अध्यक्षमा रामचन्द्र दुवाडी

4KNationalDaily
२०७५ माघ १३, आईतवार १४:२३ बजे

गाेरखा– अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गोरखाको सातौ साधारण सभाले रामचन्द्र दुवाडीको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, सचिव टेकबहादुर उपरकोटी, सह सचिवमा भाईकृष्ण सुनार र कोषाध्यक्षमा अनिल अम्गाई रहेका छन् । समाजले नेल्टाका गतिविधी सञ्चांलनमा सहयोग गर्ने यति टेक्निकल कलेजका अध्यक्ष कैलाशबाबु श्रेष्ठ र पिपुल हेल्पिङ पिपुल इन्टरनेशनललाई सम्मान गरेको छ ।

सस्थांका निवर्तमान अध्यक्ष उपेन्द्र बाबू ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेल्टाका केन्द्रिय सदस्य होमराज खड्का, गण्डकी प्रदेशका अध्यक्ष नवराज न्यौपाने, सल्लाह कार सञ्जय अधिकारी र हरीमाया शर्माले मन्तब्य ब्यक्त गरेका थिए ।

सोही कार्यक्रममा अंग्रेजी भाषा शिक्षकलाई शिक्षणमा प्रविधिको अनुप्रयोग सम्बन्धि प्रशिक्षण पनि दिईएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily