काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा शान्ति खलबलाउने प्रयास भईरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिएका छन् ।
शसस्त्र प्रहरी बलको १८ औ स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित शसस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने र शान्ति सुव्यवस्था छैन भन्ने अवस्था श्रृजना गर्ने काम भईरहेको बताएका हुन्।
राष्ट्रिय अखण्डतालाई चुनौति दिने गरि देशद्रोही कामहरुका प्रयास भईरहेको उल्लेख गर्दै उनले मुलुकलाई हिंसामा लैजाने र निरंकुशता तर्फ धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिए ।
शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भईरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताए । पछिल्लो समयसरकार मै रहेका मन्त्रीहरुले सार्वजनिक कार्यक्रमहरुमा विभिन्न दल तथा गैह-सरकारी संस्थाहरुले द्धन्द्धकालिन मुद्दाहरु व्यूँताएर सरकारप्रति आक्रमण गरेको अभिव्यक्ति दिदै आएका छन् ।
प्रतिक्रिया