+
Search

ताजा अपडेट +

पपुलर +

अनसन तोड्ने डा. केसीको निर्णय

4KNationalDaily
२०७५ माघ १८, शुक्रबार १९:१२ बजे

काठमाडाै- मेडिकल शिक्षा सुधारकाे माग राख्दै २४ दिन अघि १६ अाैं सत्याग्रह सुरू गरेका डा. गाेबिन्द केसी शुक्रबार अनशन ताेडने भएका छन् । डा. केसीले अनशन ताेड्ने भएपछि अस्पतालमा सञ्चारकर्मीकाे भिड लागेकाे छ ।

आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो । हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।

केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्ता माथेमालगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रुपमा आग्रह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily