+
Search

ताजा अपडेट +

पपुलर +

कर्ण इन्टरप्राइजेज र आमा-बा हस्पिटलको समन्वयमा अमलेमा नि:शुल्क दन्त शिबिर सम्पन्न

4KNationalDaily
२०७५ माघ २०, आईतवार १०:१० बजे

गोरखा- बारपाक सुलिकोट गाउपालिका-७ पाचखुवा देउराली स्थित अमले भन्ने स्थानमा निसुल्क दन्त स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कर्ण इन्टररप्राइजेज (TVS बाइक शोरुम) हरमटारि र आमा बा हस्पिटलको संयुक्त आयोजनामा भएको उक्त शिबिरमा ३ सय २६ जना स्थानीयले निशुल्क दन्त परिक्षण गराएका छन् ।

परिक्षण गराउने अधिकाम्श को दात किराले खाएको भेटिएको हस्पिटल प्रशासन प्रमुख रबिन बलामीले जनाकारी गराए । बागेस्वोरी आधारभूत बिद्यालय पचाखुवा देउरालीको प्राण्गडमा भएको उक्त शिविरमा बिरामीलाई निशुल्क स्वास्थ परिक्षण आबश्यकता अनुसार दात निकाल्ने र दातमा सिमेन्ट भर्ने काम पनि गरिएको थियो । सदरमुकाम बाट टाढा गाउमा रहेका जनतालाई घर मै पुगेर निशुल्क स्वास्थ्य शिबिर सेवा दिदा स्थानीय निक्कै खुसि भएका छन् ।

स्मरण रहोस केहि समय अगाडि कर्ण इनटरप्राइजेजका प्रमुख कर्ण बहादुर गुरुङले सोहि शिबिर गरिएको बिद्यालय बागेश्वरी आ. बिद्यालयका सबै विधार्थीलाई टाइ बेल्ट निशुल्क उपलब्ध गराएका थिए । यसरि नै आगामी दिनमा पनि सामाजिक कार्यमा आफु सक्रिय रहने कुराको अवगत गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily