+
Search

ताजा अपडेट +

पपुलर +

इराक लैजान खोजिएका १७९ नेपाली महिलाको भारतबाट उद्धार

4KNationalDaily
२०७५ फाल्गुन ८, बुधबार १७:५८ बजे

काठमाडाैं- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ ।

माइती नेपाललाई प्राप्त गरेकाे गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर-सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा उद्धार गरिएको हो।

बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको छ।मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए।

उद्धार गरिएकाहरुलाई सोमबार राति पूर्वी नाकाबाट नेपाल ल्याएकाे छ। हाल इराकमा नेपालीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कठाइ भएपछि दलालले नयाँ गतव्यका लागि म्यानमार हुदै इराक लैजाने नयाँ रूट तय गर्दै अाएका छन् ।

उद्धारमा सरकारको तदारुकता

एजेन्टले उनीहरूलाई भारतबाट म्यानमार हुँदै इराकतर्फ लैजान लागेको सूचना पाएपछि सरकारले तुरुन्तै सक्रियता देखाएको थियो । दिल्लीस्थित दूतावासबाट तीनजना काउन्सिलरलाई मणिपुर पठाइएको थियो ।

दलाललार्इ भारतमा समस्या, नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने

भारतको कुनै पनि विमानस्थलबाट अन्य मुलुक जाँदा नेपालीले ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने नियम छ । सोही समस्याका कारण भारतबाट सोझै इराक लैजान नसकिने भएपछि एजेन्टले उनीहरूलाई दिल्ली हुँदै श्रीलंका पनि लगे ।

भारत–श्रीलंका उडान गर्दा दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा उनीहरूलाई ‘नो अब्जेक्सन लेटर’ मागिएन । उद्धार गरिएकामा दशैँलगत्तै घर छाडेकाहरू पनि छन् । कोही भने नेपाल छाडेर मणिपुर पुगेको एक हप्ता मात्र भएको थियो ।

एजेन्टले बर्मा–भारतको नयाँ रुट प्रयोग गरी उनीहरूलाई म्यानमार लैजान खोजिरहेका थिए । मणिपुरमा राजनीतिक अस्थिरता, हडताल, कर्फ्यु चलिरहेको थियो । कर्फ्यु समाधान हुनासाथ उनीहरूलाई त्यहाँबाट नेपालतर्फ ल्याइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily