+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो पटक फाइनमा पुगेको नखिपोटलाई हराउदै ‘गोरर्खाली कप’को उपाधी आयोजक हरटारी क्लवकाे पाेल्टामा

4KNationalDaily
२०७५ फाल्गुन १५, बुधबार २१:३३ बजे

गोरखा- तेस्रो पटक फाइनमा पुगेको नखिपोटलाई हराउदै ‘गाेरर्खाली कप’काे उपाधि अायाेजक हरमटारी युवा क्लवले हात पारेकाे छ । मंगलबार भएकाे फाइनल खेलमा नखिपाेट युथ क्लव ललितपुरलाई  १-० हराउदै हरमटारी क्लवले उपाधि हात पारेकाे हाे ।

जितसँगै उसले नगद २ लाख पुरस्कार, ट्रफि र प्रमाणपत्र पाएको छ । निकै प्रतिपर्धात्मक खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको थियो । दोश्रो हाफ सुरु भएको केही मिनेटमै बिजय ठकुरीले उत्कृष्ट गोल गर्दै हरमटारीलाई अग्रता दिलाएका थिए ।

निर्धारित समय भित्र नखिपोटले गोल फर्काउन नसकेपछि उक्त गोल नै निर्णायक बन्न पुग्यो । नखिपाेटले यस वर्ष पनि १ लाख पुरस्कार सहित उप बिजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

यसैगरी नखिपोटका प्रदिप भण्डारी उत्कृष्ट गोल किपर र विकास लामा उत्कृष्ट फरवार्ड भएका छन् । हरमटारीका जय गुरुङ उत्कृष्ट मिल्डफिडर र विजयसिंह ठकुरी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । उनिहरुले जनही ७ हजार ५ सय पुरस्कार पाएका छन् ।

प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । हरमटारी क्वलका अध्यक्ष बिशाल गुरुङ्गको अध्यक्षता तथा जिल्ला समन्वय समितका प्रमुख गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, सिरानचोक गाउँपाकिलाका अध्यक्ष राजु गुरुङले लगायतले मन्तव्य राखेका थिए ।

‘गोर्खाली कप गोर्खालीको सान समग्र गोरखा जिल्लाको खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ फागुन ७ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily