+
Search

ताजा अपडेट +

पपुलर +

चर्चामा शान्ती र सेड्रीना अभिनित ‘मेरी आमा’

4KNationalDaily
२०७५ फाल्गुन १५, बुधबार २२:३८ बजे

काठमाडाैं- निर्मला पन्तले न्याय नपाएको ७ महिना बढी भैसक्यो। यो देशमा अझै पनि हाम्रा चेलीबेटीहरुका अस्मिता लुटिएका खबर संचार माध्यमहरुमा दिनानुदिन आइनैरहेका छन।

बलात्कार जस्तो जघन्य अपराधका दोसि लाई कडा भन्दा कडा कार्वाही हुन पर्छ भनेर लेख साहित्य, आन्दोलन र बहस हुँदै आएको छ।

दैनिक अखबारका पानाहरुमा छापिने रगतले लतपतिएका हाम्रा चेलीबेटीहरुको खबर सुन्दा कुन चाहिँ नेपालीको मन नरोला र अनि मनमा आक्रोश उत्पन्न नहोला र।

अमेरिकामा बसेर पनि देशका बारेमा चिन्ता र चासो राख्ने गीतकार प्रलाद शाहले लेखेको गीत ‘मेरी आमा’लाई दर्शक सोर्ताले निकै मन पराएका छन।

एकदमै मन छुने शब्द रहेको यस गीतमा लोकप्रीय गायिका मेलीना राईको आवाज रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ ।

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् ।

अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बिकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको भिडियो तयार भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily