+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँमा चैत ६ देखि ‘दमौली होली महोत्सव’ र ‘मिस्टर एण्ड मिस रोटराक्ट सिजन–२’ प्रतियोगिता हुने

4KNationalDaily
२०७५ फाल्गुन १६, बिहीबार १९:०४ बजे

दमौली- पर्यटकीय धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको तनहुँको सदरमुकाममा ‘दमौली होली महोत्सव–२०७५’ हुने भएको छ । रोटरी एण्ड रोटराक्क क्लब अफ दमौली र युनिक्याम्पस काठमाडौँको आयोजनामा ‘दमौली होली महोत्सव–२०७५’ मनाउन लागिएको हो।

क्लबले आज पत्रकार सम्मेलन गरी ‘खुशी र पर्व’ भन्ने मूल नाराका साथ दोस्रोपटक चैत ६ गते महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो।

सम्मेलनमा रोटराक्क क्लब अफ दमौलीका अध्यक्ष सन्तोषकुमार श्रेष्ठले दमौली वरिपरीका क्षेत्रको पर्यटकीय महत्व स्थापित गर्नुका साथै वर्गीय, जातीय र लिङ्गीय भेदभाव हटाउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।

‘तनहुँमा भएका आदिवासी जनजातिलगायत सबै जातजातिको संस्कृति प्रर्वद्धन गर्नुका साथै तनहुँका जनतालाई पर्वसँग जोड्नका लागि सो महोत्सव आयोजना गर्न लागेका हौँ’, उनले भने। महोत्सवमा जुम्बा, एरोविक्स, म्युजिकल चियर, बास्केटबल, नाचगान, खाना प्रदर्शनलगायतका कार्यक्रम हुनेछन्।

‘मिस्टर एण्ड मिस रोटराक्ट सिजन–२’ प्रतियोगिता हुने

यसैगरी, रोटरी डिस्ट्रीक ३२९२ नेपाल र भुटानको आयोजनामा ‘मिस्टर एण्ड मिस रोटराक्ट सिजन–२’ प्रतियोगिता हुने भएको छ। देशभर छरिएर रहेका रोटराक्ट र रोटेरियनलाई समावेश गर्ने उद्देश्यका साथ फागुन २५ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा रोटराक्ट पेशल भट्टराईले तीन दिनको बन्दसत्रमा दिइएको तालीमका आधारमा नेतृत्व विकास र व्यक्तित्व विकासलाई फागुन २५ मा प्रस्तुत गरिने जानकारी दिए। ‘बाहिरी सुन्दरताको मूल्याङ्कन नभई प्रशिक्षण र त्यसको अवसरमा व्यक्तिगत क्षमताको विकास र विषयवस्तुको प्रस्तुति दिने कार्यक्रम छ’, उनले भने। सो प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका युवालाई सहभागिता रहने आयोजकले जनाएको छ।  

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily