धनगढी– नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुदूरपश्चिममा आर्थिक विकास नहुन नसकेको बताएका छन्।
पार्टीको जनसम्वाद कार्यक्रम सम्पन्न गरी काठामाडौं फर्किरहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रोजगारी र आर्थिक विकासमा सुदूरपश्चिम अझै पछि रहेको बताएका हुन्।
उनले अभियानको क्रममा आफूले सुदूरपश्चिममा सडक विकास भए पनि रोजगारी र आर्थिक विकास कमजोर देखेको बताए। सुदूरपश्चिममा राजधानीको विषयमा जनताको गुनासो रहेको उनको गुनासाे रहेकाे थियो।
उनले समग्र देशमै रोजगारी र विकासको अवस्था कमजोर रहेको बताउँदै राष्ट्रिय विकास लागि छुट्टै योजना ल्याउन जरुरी रहेको बताए। विकास, समृद्धि र संघीयताका लागि पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने महसुस भएको उनले बताए। त्यसका लागि सबै पार्टीहरु मिलेर राष्ट्रिय विकासको मार्गचित्र कोर्नुपर्ने उनको धारणा थियो।
प्रतिक्रिया