+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टरार्इकाे प्रश्न ‘सरकारले जनमत संग्रह स्वीकारेको हो ?’

4KNationalDaily
२०७५ फाल्गुन २४, शुक्रबार २०:१९ बजे

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमनत्ती डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहको सहमति गरेको हो कि होइन सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

शुक्रबार सरकारसँग भएको सहमतिबारे सिके राउतले जनमत संग्रह गर्ने सहमति भएको प्रतिक्रिया सार्वजनिक गरेका बेला भट्टराईले समाजिक सञ्जाल मार्फत जनमत संग्रह स्वीकार गरेको हो कि होइन सरकारले प्रष्ट पार्नुपर्ने बताएका हुन् ।

‘सरकारले जनमतसंग्रह स्वीकारेको हो ? अब प्रष्ट गर्ने पालो सरकारको हो ! नत्र घीउ बेचुवा र तरवार बेचुवाको कथा जस्तो होला ! दुवै पक्ष बोलून् !’ पूर्वप्रधानमन्त्री भट्टराईले सिके राउतसँग ११ बुँदे सहमतिपछिको गन्तव्य के हो भन्ने पनि नखुलेको बताएका छन् ।

११बुँदे पछि सिके राउतको यो भाषण अर्थपूर्ण छ!अहिंसाको बाटो प्रष्ट छ!तर गन्तब्य के?खुलेको छैन!जनमतसंग्रहको कोर माग कायम छ! तर केकानिम्ति?खुलाइएको छैन!सरकारले जनमतसंग्रह स्वीकारेको हो? अब प्रष्ट गर्ने पालो सरकारको हो!नत्र घीउ बेचुवा र तरवार बेचुवाको कथा जस्तो होला! दुवै पक्ष बोलून्! https://t.co/OKhuK0Pp1R— Baburam Bhattarai (@brb1954) March 8, 2019

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily