+
Search

ताजा अपडेट +

पपुलर +

सिके राउत, रेशम चौधरी र विप्लवप्रति समान व्यवहार गर्न बाबुराम भट्टराईकाे माग

4KNationalDaily
२०७५ फाल्गुन २५, शनिबार १८:२० बजे

गोरखा- नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सिके राउत, रेशम चौधरी र विप्लवप्रति समान व्यवहार गर्न माग गरेका छन्।

‘गोरखाको विकासमा बिशेष महत्व राख्ने योजनाहरुको अवस्था र चुनौती’ बिषयक बहसमा सहभागि हुन गृह जिल्ला अाएका भट्टरार्इले शनिबार पत्रकारसँग कुरा गर्दै त्यस्ताे अाग्रह गरेका हुन् ।

‘राजनीतिक एजेन्डा लिएर आन्दोलित विप्लव नेतृत्वको नेकपालाई नाम नै फेरेर लुटेरा पार्टी भनेर प्रधानमन्त्रीजीले जुन अराजनीतिक भाषामा सम्बोधन गर्नुभयो, त्यो गर्नु हुँदैनथ्यो, बेठिक भयो।’, उनले भने ‘देशलाई नै विखण्डन गर्छु भन्नेसँग बडो उदार भएर सम्झौता गर्ने तर थारु समुदायको मागसहित आन्दोलन गरेका र कैलाली १ बाट निर्वाचित समेत भएका रेशम चौधरीलाई न्यायपालिकासँग सेटिङ मिलाएर जेल हाल्नु शोभनीय भएन’ ।

उनले नेत्रविक्रम चन्द, रेशम चौधरी र सिके राउतको विषयमा सरकारको अभिव्यक्ति तर्कसंगत नरहेको बताउदै अदालतलाई प्रभाव पार्ने कामले नकरात्मक नजिर बसाउने पनि बताए ।

‘कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित थारु विद्रोह गर्ने ११ जनालाई आजिवन कैदको सजाय दिइयो,’ उनले भने, ‘सिके राउतलाई पनि थुनामा राखेर कारबाही गर्ने भनिएकै थियो, तर थुनामा छँदैमा प्रधानमन्त्रीले भेटेर सहमति गरी अदालतबाट छुटाउने प्रक्रिया मिलाइएको छ, कार्यपालिका र न्यायापालिकाको सेटिङमा छुटाउनु कुन विधि र प्रक्रिया भित्र पर्छ ?’

विखण्डनको माग गरेका राउतलाई छुटाउन सर्वोच्च अदालत प्रभावित पार्ने सरकारले थारु स्वायत्त प्रदेशको माग गर्ने चौधरीलाई कठोर ब्यवहार गर्नु नहुने पनि बताए ।

सिके राउतको सामान्य राजनीतिक परिवर्तन र अधिकारको माग नभएको भन्दै भट्टराईले दोस्रो बुँदामा दोहोरो अर्थ लाग्ने सहमति भएको भन्दै विरोध गरे । ‘राउतले पनि जनमतसंग्रह नै भनेर अभिव्यक्ति दिएका छन्, यो गम्भीर ढंगको प्रश्न उठेको छ’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily