काठमाडाैं- गायक बिजय श्रेष्ठको नया गित मनको कुरा को म्युजिक भिडियो सार्वजानिक भएको छ ।
मनको कुरा मनमै तिमीले किन हो लुकाएको बोलको उक्त गित लाइ विजय श्रेष्ठले नै दिएका हुन् । लय शब्द स्वयम् श्रेष्ठले दिएका गीतमा जितेन लोप्चनको संगीत र चन्द सिङ्गको एरेन्ज रहेको छ ।
भिडियोमा पछिल्लो समय चर्चामा रहेकी सुन्दर मोडल मनिषा सापकोटालाई निक्कै आकर्षक र मायालु प्रेमीको रुपमा देख्न पाइन्छ । नृत्य र अभिनयमा आफुलाई अब्बल स्थानमा प्रस्तुत गर्न सफल मोडल सापकोटालाई धेरैले नायिका केकी अधिकारि संग फेस मिल्ने हुदा बेबी केकीको उपनामले पनि बोलाउने गर्छन ।
सुन्दर र रमणीय स्थानमा छायानाकन गरिएको दृश्यमा मोडल मनिषा लाइ गायक विजय श्रेष्ठले साथ दिएका छन् । सुबास प्रधानको निर्देशन र राज महर्जनको क्रोयोग्राफी रहेको भिडियोलाई राम कुमार केसीले छायानाकन गरेका हुन् ।
प्रतिक्रिया