+
Search

ताजा अपडेट +

पपुलर +

गोविन्द फुयाँलको नयाँ गीत ‘तिम्रै छेउ’ सार्वजनिक

4KNationalDaily
२०७५ चैत्र १, शुक्रबार १९:३२ बजे

गाेरखा- कलाकारहरुको लागि संगीत आफैमा एक नशा हो। अझ हाम्रो जस्तो सानो देशको संगीतको सानो क्षेत्रमा हरेक दिन सयौ गीत र हजारौ कलाकारहरु हुनुले पनि यो कुरा पुष्ठि गर्छ।

बिदेशमा बस्ने नेपाली कलाकारहरुको गीत संगीत प्रतिको मोह अझ गजबको छ। बिदेशको बेस्त दैनिकीका बावजुद पनि नेपाली गीत संगीतको बिकास र बिस्तारमा नेपाली कलाकारहरुले पुर्याएको योगदान ठुलो छ।

अमेरिका बसोबास गरिरहेका नेपाली भाषी भुटानी कलाकार गोविन्द फुयाँलको जिन्दगीको कथा पनि रोचक छ। संघर्षको बीचमा उम्रेको फुल हुन गोविन्द जस्को जीवन कथा कुनै चलचित्र भन्दा कम छैन ।

अमेरिका पुगेर सुखको जिन्दगी बिताउने पाए पनि उनी भने संगीतका माध्यम बाट खुशी हुने प्रयासमा छ्न। अमेरिकामै आफ्नो होम स्टुडियो निर्माण गरेका फुयालले आफ्नो फुर्सदको समयमा विभिन्न सिर्जना सार्वजनिक गर्दै आएका छन ।

केही दिन अघि उनले संगीत गरेको नयाँ गीत ” तिम्रै छेउ ” उनको आफ्नै युट्युव च्यानल जिपी प्रोडक्सन मार्फत सार्वजनिक भएको छ। यस गीतमा भोला ढुंगानाको शब्द रहेको छ भने गोबिन्द फुयाँलको संगीत रहेको छ।

गीतमा स्वर कर्म ग्याल्चन बमजनको रहेको छ । नोर्बु शेर्पाले गीतको एरेन्ज्मेन्ट गरेका हुन। मुस्ताङको रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई लामा भाइले खिचेका हुन।

यान्छु तामाङ र निरु तामाङको गीतको भिडियोमा अभिनय रहेको छ। बिक्रम दहालको निर्देशनमा गीतको भिडियो तयार भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily