+
Search

ताजा अपडेट +

पपुलर +

मनोज थापाको गंगा जमुना सार्बजनिक

4KNationalDaily
२०७५ चैत्र ४, सोमबार १६:१० बजे

काठमाडौ- गायक मनोज थापाको लोक तथा दोहोरी गीत ‘गंगा जमुना’ सार्बजनिक भएको छ ।

धादिङ्गका गायक थापा आफ्नो नयाँ कोसेलीको साथमा पुन नेपाली सांगीतिक बजारमा आएका छ्न । भिडियोमा उदय पौडेल, उदब गौतम, तेजेन्द्र सापकोटा, उसा सुबेदी, एलिना देउजाको अभिनय देख्न सकिन्छ ।

आफ्नै लय शब्दमा रहेको यस गितको स्वरमा भने बिन्दा सुन्दास र सुरेश बैजुले साथ् दिएका छन् ।

गायक मनोज थापाको गीत गंगा जमुना प्रिज्मा ब्लाेसम म्युजिक प्रालीद्वारा बजारमा ल्याइएको हो ।

गीतको भिडियोलाइ रमणीय स्थानहरुमा छायांकन गरिएको छ । साथै थापाका अरु पनि बिभिन्न किसिमका कोसेलीहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily