+
Search

ताजा अपडेट +

पपुलर +

‘जाईरा’मा नम्रतालाई दर्शकले फरक गेटअपमा देख्न पाउने

4KNationalDaily
२०७५ चैत्र ५, मंगलवार ००:१५ बजे

काठमाडौं– नायिका नम्रता श्रेष्ठलाई फरक गेटअपमा देख्न पाइने भएको छ । ‘जाईरा’मा नम्रतालाई दर्शकले फरक गेटअपमा देख्न पाउने भएका हुन् ।

नम्रताले यस चलचित्रका लागि आफ्नो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् । मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको नेपाली चलचित्र ‘जाईरा’ले रिलीज मिति तय गरिसकेको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र रिलिज हुने भएको छ ।

एक महिलाले लिने प्रतिशोधको कथामा बनेको चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily