काठमाडाैं– नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खासै रुचि नभएपनि यस वर्ष आफूले फागु–होली मनाएको बताएका छन् ।
उनले बुधवार सामाजिक सञ्जाल फेसबुक मार्फत रुचि नभएपनि आफूले फागु–होली मनाएको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘फागु–होलीप्रति खासै रुचि नभए पनि यो वर्ष डा. राकेश बर्माको संयोजनमा पहाड र मधेश संस्कृति दुवैको सम्मीश्रणसहित उत्साहपूर्वक मनाइयो ! धन्यवाद, डा. बर्मा र परिवार !
प्रतिक्रिया