+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईले भेटे क्यान्सर पीडित नेता अधिकारी, भने ‘उपचार सहयोगको लागि सक्दो सहयाेग गर्छु’

4KNationalDaily
२०७५ चैत्र ७, बिहीबार २२:१३ बजे

भरतपुर- पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले क्यान्सर जस्तो जटिल रोगसँग लडिरहेका गोरखा कम्युनिष्ट आन्दोलनको संस्थापक नेता हाल (क्रान्तिकारी माओवादीका) पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीसँग भेट गरेका छन् ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत अधिकारीलाई आज डा.भट्टराईले भेटेर स्वास्थ्य बारेमा जानकारी लिए सँगै अधिकारीलाई स्वास्थ्य लाभको कामना पनि गरे ।

अधिकारीको स्वास्थ्य अवस्थाको बारे उनकोे उपचारमा संलग्न डा खगेन्द्र देवकोटाकाले थप जानकारी गराए । हाल अधिकारीकोे अस्पतालमै केमो थेरापी भईरहेकोे छ । हालसम्म चौथोपटक किमोथेरापी गरिसकेका उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।

भेटमा डा.भट्टराईले अधिकारी कम्युनिष्ट आन्दोलनको अग्रज व्यक्तित्व भएको बताए । दर्शन राजनितीमा अधिकारी निकै अगाडी भएको भन्दै उनले उपचार सहयोगको लागि सक्दो प्रयास गर्ने समेत बताए ।

माओबादी आन्दोलनमा सहकर्मीको रुपमा र हाल भिन्नै राजनितीमा भएतापनि भावनात्मक रुपमा अधिकारीसँग नजिक रहेकोे उनको आसय थियो । करिब एक घण्टा भलाकुसारी गरेका भट्टराई र अधिकारीले विगतका सम्झनाहरु समेत साटासाट गरेका थिए ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीलाई अस्पतालैमा पुगेर स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका थिए ।
अधिकारी कम्युनिष्ट र माओवादी आदोलनमा अत्यन्त आदर्श नेताको रुपमा स्थापित छन् । गोरखा अजिरकोट गाउपालिका–३ हंशपुर निवासी अधिकारीको पूरै परिवार तत्कालिन माओवादी जनयुद्धमा होमिएको थियो ।

र, याे पनि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily