+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टरार्इ भन्छन् – ‘विप्लवको माग नै स्पष्ट छैन, आफैं सकिँदै जान्छन्’

4KNationalDaily
२०७५ चैत्र ७, बिहीबार २२:२८ बजे

नवलपरासी- नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेकपा विप्लव समूहको माग नै स्पष्ट नभएको बताएका छन् ।

बिहीबार दुम्कौलीमा आयोजित गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठानको साधारणसभामा सम्बोधन गर्दै भट्टराईले विप्लव नेकपाको आन्दोलनको औचित्य नै नभएको बताए ।

‘राजनैतिक एजेण्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको पछि जनमत छैन,’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टरार्इले भने, ‘राजनैतिक अवस्था चिन्न नसकेर गरिने आन्दोलनले आफैं सकिँदै जान्छन् ।’

उनले जनयुद्ध सुरु गर्नुअघि ४० बुँदे माग पेश गरेको स्मरण गर्दै उनले भने, ‘हामीले जनयुद्ध सुरु गर्नुअघि ४० सुत्रीय माग सरकारसमक्ष राखेका थियौं, ती कुनै मागका बारेमा पनि तत्कालीन सरकारको ध्यान नगएका कारण हामीले थालेको जनयुद्ध सफल भयो ।’

माग नै प्रस्ट नभएको आन्दोलनले छिटफुट घटना गराए पनि राजनैतिक यात्रा पूरा गर्न नसक्ने उनको जिकिर थियो ।

‘सरकारले सीके राउतलाई छुटाउन अदालतलाई समेत प्रभावित गरेर ऐतिहासिक भुल गरेको छ,’ एक फरक प्रसंगमा उनले भने, ‘सरकारले अदालतमा सेटिङ्ग मिलाएर राउतलाई छुटाइ न्यायलयमाथि ठाडो हस्तक्षेप गरेको देखियो ।’ हतारमा ११ बुँदे सहमतिको नाममा राउतसँग अपारदर्शि सम्झौता गरेको भन्दै उनले सरकारको आलोचना गरे ।

र, याे पनि

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily