+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चारमन्त्रीको प्रश्न : ०४६ सालमा म प्रेश स्वतन्त्रताको लागि लड्दा तपाई कहाँ हुनुहुन्थ्यो ?

4KNationalDaily
२०७५ चैत्र २६, मंगलवार २०:०६ बजे

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राज्यले तोकेको सेवा सुविधा जसरि पनि दिनै पर्ने बताउका छन् । सरकारले श्रमजीबि पत्रकारका लागि तोकेको सेवा सुविधा सञ्चार गृहले कुनै पनि हातलमा दिनु पर्ने बताएका हुन्।

मंगलवार नेपाल पत्रकार महासंघ श्रमजीबी हित प्रवद्र्धन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बास्कोटाले सञ्चारकर्मीलाई तोकेको सेवा सुविधा दिनुपर्ने कुरा उठेपछि नेपाल मिडिया सोसाईटीले प्रेश स्वतन्त्रताको चिन्ता लागेको भन्दै विज्ञप्ती जारी गरेको घटनालाई स्मरण गर्दै मन्त्री बास्कोटाले भने ‘म २५ वर्षदेखी प्रेश स्वतन्त्रताको लागि लडेको छु ।’ उनले मिडिया सञ्चालकलाई प्रश्न गर्दै भने ‘म २०४६ मा प्रेश स्वतन्त्रताको लागि लड्दा तपाईहरु कहाँ हुनुहुन्थ्यो ?’

सरकारले श्रमजीवी पत्रकारले तोकिएको पारिश्रमिक पाउनुपर्छ भन्दै उनले यस विषयमा थप संवाद जरुरी नभएको बताए । सरकार जहिल्यै सिष्टमको वकालत गर्छ भन्दै उनले सिष्टमलाई कार्यान्वयन गर्नु सरकारको कर्तब्य भएको बताए ।

मिडिया मालिकहरुले वर्षभरिमा कति कमाउनु भएको छ । कर तिर्नु भएको छ कि छैन सरकारले खोजेको छैन भन्दै खोज्ने मनसाय पनि नरहेको टिप्पणी गरे ‘खोज्न नपरोस् पनि । हामीलाई त्यो रहर छैन ।’

आफुले जहिल्यै श्रमको सम्मान गर्ने भएकाले श्रमजीबी ऐन कार्यान्वयन गराएर छाड्न धारणा राखे ‘म पहिला पत्रकार भएर वा पत्रकारको माया लागेर होइन । श्रमको सम्मान गर्ने भएकाले निर्णय कार्यान्वय गर्न लागेको हो ।’ उनले भने ‘मिडिया हाउसमा रगत सुकाएर पसिना बगाएका ब्यक्तिले अब रुँदै बाहिरिन पर्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily