+
Search

ताजा अपडेट +

पपुलर +

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा कमल वाइबा चयन

4KNationalDaily
२०७५ चैत्र २९, शुक्रबार २३:४४ बजे

कुर्दिस्तान- कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच दाेस्राे अधिबेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनले कमल वाइबा तामाङकाे अध्यक्षमा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा होम तमु , महिला उपाध्यक्षमा देकि शेर्पा , महासचिब बिनोद श्रेष्ठ , सचिब नोर्शाङ शेर्पा , कोषाध्यक्षमा ठुलोकान्छा शेर्पा, र सह कोषाध्यक्षमा बन्सु मोक्तान चयन भएका छन् ।

कुर्दिस्तान सुलेमानी र सके सम्म इराक भर नेपालीहरुलाई समस्या परेमा सहयोग गर्ने र नेपालीलाई एकता गराउने नारा दिइ २०७३ सालमा पुरानो प्रवासी नेपाली समाजलाई बिघटन गरि कुर्दिस्तान प्रवासी नेपाली समाजकाे कार्य समितिले २०१७/२०१८ मा नेपालिहरुको समस्या सुल्झाउन निकै ठूलो भुमिका खेलेको थियो।

निवर्तमान अध्यक्ष राजिब थिङ्को अध्यक्षमा भएकाे कार्यक्रममा कुर्दिस्तान सुलेमानिमा कार्यरत नेपालिहरुको उपस्थिती थियो।

कार्यक्रममा सुलेमानीमा रहेकाे श्रमिक संस्थाका मेनेजर हामा हजार माहम्मद, गैर आवासीय नेपाली संस्थाका पुर्ब अध्यक्ष लाल काजी गुरुङ,नेपाली महिला समाज कुर्दिस्तान अध्यक्ष सानू शेर्पा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष बिजय तामाङ लयायतकाे सहभागी रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily