+
Search

ताजा अपडेट +

पपुलर +

जनप्रतिनिधिलाई मन्त्री पण्डितले भनेः सपना बाँड्ने होइन, योजना अनुसार कार्य गर्नुस्

4KNationalDaily
२०७६ बैशाख ४, बुधबार १९:०१ बजे

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताएका छन् ।

विराटनगर– ६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन)को आज शिलान्याश गर्दै उनले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा मात्र समाजमा सकारात्क प्रभाव पर्ने र जनप्रतिनिधि पनि सफल हुने विचार व्यक्त गरे ।

मन्त्री पण्डितले पुरानो इतिहास बोकको विराटनगर शहरलाई जोगाउन सबै समुदायको सहयोग आवश्यक रहेको बताउँदै शहरमा आवश्यक पर्ने सम्पूर्ण सुविधाका विकास गरी काठमाण्डुपछि दोस्रो ठूलो शहर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक सद्भावसहित राजनीतिक सद्भाव भएमा मुलुकमा विकासले गतिलिने तथा जनता सुखी र समृद्ध हुने उल्लेख गर्दै उनले सामाजिक एकताबाट मुलुकमा समृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

कम्युनिटी सेन्टरका अध्यक्ष जावेद नवि इराकीको सभापतित्वमा सम्पन्न सो समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, उद्योग सङ्गठन मोरङका भीम घिमिरेलगायतले मुसाफिर खाना निर्माणबाट यस क्षेत्रका सम्पूर्ण समुदायलाई सहज भएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily