+
Search

ताजा अपडेट +

पपुलर +

पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गछौं, व्यक्तिको मुख हेरेर हैन :अध्यक्ष प्रचण्ड

4KNationalDaily
२०७६ बैशाख ८, आईतवार १७:४८ बजे

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताको बाँकि काम पनि टुंगिएको दाबी गरेका छन्।

उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गरेका हुन्।

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकि काम आजै बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोली घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको बताए।

आइतबार बिहान नेकपा शिर्ष नेताहरु अध्यक्षद्वय ओली र ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल तथा महासचिव विष्णु पाैडेलबीच छलफल भएकाे थियाे। यसका साथै नेकपाका दाेस्राे तहका नेता तथ जनवर्गीय संगठनका प्रमुखहरुको पनि बैठक बसेको छ। उक्त बैठकले नेतृत्व र सांगठनिक संरचनाका विषयमा छलफल गरेको थियो।

छलफलबाट टुंगोमा पुगेका विषयलाई नेकपा सचिवालयले अन्तिम खाका तयार गर्नेछ। सचिवालयलाई उक्त सहमति अनुमोदन गराएर सोमबार सांगठनिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ।

कम्युनिष्ट पार्टीको ७०औं एकता दिवस अर्थात् विश्व लेनिन जयन्तीका अवसरमा उक्त घोषणा गर्न लागिएको हो। सोमबार १२ बजे काठमाडौंस्थित प्रज्ञाभवनमा घोषणासभा आयोजना गर्ने निर्णय भएको छ।

अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भएपनि अब ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

उनले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गरे/नगरेको समिक्षा गरेर अघि बढ्ने पनि बताए। उनले जनताको अपेक्षाअनुसार पार्टी र सरकारको काम कारबाहीलाई अघि बढाउन ‘समृद्ध नेपाल सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण गराए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily